२०८३ भाद्र २८ गते आइतवार

images

केवलकार निर्माण पक्षधरलाई हातपात गर्दै कालोमसो

केवलकार निर्माण पक्षधरलाई हातपात गर्दै कालोमसो

सहर्ष न्युज
आइतवार, फाल्गुण ४ २०८१
सहर्ष न्युज
आइतवार, फाल्गुण ४ २०८१
  • ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारको विषयलाई लिएर जारी विवाद झन् चर्किएको छ। आइतबार धरानमा केवलकार निर्माण पक्षधर पदम चेन्जी माबोलाई असन्तुष्ट समूहले हातपात गर्दै कालोमसो दलिदिएको छ।

    धरान-२ स्थित एचके मेलोडी होटलमा आयोजित पत्रकार सम्मेलनका क्रममा नो केवलकार अभियानमा रहेका असन्तुष्ट समूहले केवलकार समर्थक माबोलाई निशाना बनाएको हो। उनी हालै याक्थुङ चुम्लुङका नवनिर्वाचित उपाध्यक्षको रूपमा पत्रकार सम्मेलन गर्न आएका थिए।

    केवलकार निर्माणको समर्थन गर्दै आएका माबोले सामाजिक सञ्जालमा नो केवलकार अभियानकर्मीहरूलाई आलोचना गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले विरोधस्वरूप हातपात र कालोमोसो दल्ने कार्य गरेको नो केवलकार पक्षधरका नेता अमर ईजमले बताए।

    उनले भने, ‘पत्रकार सम्मेलन गर्ने माबोको अधिकार हो, तर विरोध गर्ने क्रममा भएको उच्छृंखल गतिविधि गलत छ।’

    घटनापछि माबोले आफू पहिचानको पक्षधर रहेको बताउँदै आगामी दिनमा केवलकार नबनाउने पक्षमा बोल्ने तथा विगतका आफ्ना अभिव्यक्तिहरू सच्याउने बताएका छन्।

    प्रहरीले माबोको उजुरीका आधारमा छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend