दीपक देवकोटा
जनयुद्ध नेपालका मुट्ठीभरका शासकवर्गले शासन सत्ता आफ्नो हातमा लिई बहुसंख्यक जनतामाथि गरेको अत्याचार र दमन विरुद्धको सचेत राजनीतिक बिद्रोह थियो । जसले नेपालको एकात्मक राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना गर्यो । जसका मूलभूत उपलब्धिहरु :
१. जनयुद्धको मुख्य पहलकदमीमा गणतन्त्रको स्थापना भयो ।
२. देश संघीय राज्य व्यवस्थामा प्रवेश गर्यो ।
३. समावेशी, समानुपातिक र धर्म निरपेक्ष राष्ट्रको निर्माण गर्यो ।
४. सिंहदरबारको राजनैतिक र वित्तीय अधिकार जनताको आगन, नगर तथा गाउँपालिका मा आउन सफल भयो ।
५. गरिब, दुस्खी, विपन्न, हेपिएका चेपिएका महिला, दलित, जनजाति, मुस्लिम, थारु, मधेसी लगायत विभिन्न सीमान्तकृत वर्गले संवैधानिक विशेष अधिकार सहितको अवसर प्राप्त भयो ।
६. राजाको छोरा राजा नभइ जनताले चाहेको प्रतिनिधि राष्ट्रपति बन्ने अवसर प्राप्त भयो ।
७. सबै जनताले आफ्नो अधिकार प्राप्ति गर्ने पहिचानको निम्ति कानुनी अधिकार प्राप्त भयो ।
८. सबै दूर दराजका जनतामा राजनितीक चेतनाको जागरण प्राप्त भयो ।
९. आफ्नो अधिकार प्राप्तिका लागि विद्रोह गर्नु पर्दछ भन्ने मान्यता स्थापित गर्यो ।
१०. विकासलाई जनताको आवश्यकतामा समानुपातिक वितरण गर्ने प्रणालीको सुरुवात गर्यो ।
(देवकोटा अजिरकोट गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ ।)
