२०८३ श्रावण ११ गते सोमवार

images

मापदण्ड विपरीत पेट्रोलियम पदार्थ बेच्ने पसलमा तालाबन्दी

मापदण्ड विपरीत पेट्रोलियम पदार्थ बेच्ने पसलमा तालाबन्दी

सहर्ष न्युज
बुधवार, माघ ३० २०८१
सहर्ष न्युज
बुधवार, माघ ३० २०८१
  •  

    रुकुमपश्चिम । रुकुमपश्चिमको जिल्ला सदरमुकाम मुसीकोटका विभिन्न स्थानमा मापदण्ड विपरित पेट्रोलियम पदार्थको विक्रि वितरण गर्ने चार वटा पसलमा तालाबन्दी गरिएको छ। 

    जिल्ला प्रशासन कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा मापदण्ड विपरित पेट्रोलियम पदार्थको बिक्री वितरण भएको पाईएपछि तालाबन्दी गरिएको हो। अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार चार वटा पसल अनुगमन गर्दा चारवटै मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो। 

    सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले नियम विपरित सञ्चालन भएको पाइएपछि चार वटा पसललाई तीन दिनभित्र पेट्रोलियम पदार्थको आवश्यक व्यवस्थापन गर्नेगरी तालाबन्दी गरिएको बताउनुभयो। दुई वटा पसललाई १५ हजार रुपियाँ जरिवाना समेत गरिएको उहाँले जानकारी दिनुभयो। 

    प्रशासन कार्यालयले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको समन्वयमा बजार अनुगमन गरेको हो। अनुगमनमा सहायक प्रजिअ रेग्मी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रमेश ओली, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठक, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष भिमराज ओली, राष्ट्रिय अनुसन्धान विभागका अरुण रेग्मी, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend