२०८३ भाद्र २८ गते आइतवार

images

खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ

खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ

सहर्ष न्युज
बुधवार, माघ ३० २०८१
सहर्ष न्युज
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । खसीको मासु भन्दै बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१३ प्रतिमा चोकको आसमिन फ्रेस हाउसमा खसीको मासु हो भन्दै बाख्राको मासु विक्री गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी पुगेको थियो ।

    प्रहरी टोलीले पसलको जाँच गर्दा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसेर बेचिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभएको छ ।

    प्रहरीले पसलका सञ्चालक हारुन मियाँ अन्सारीलाई पक्राउ गरेर कालोबजारी कसुरमा अनुसन्धान थालेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend