२०८३ भाद्र २८ गते आइतवार

images

स्कुल बस दुर्घटना अपडेट : दुईको घटनास्थलमै मृत्यु, ३९ घाइतेलाई अस्पतालमा

स्कुल बस दुर्घटना अपडेट : दुईको घटनास्थलमै मृत्यु, ३९ घाइतेलाई अस्पतालमा

सहर्ष न्युज
आइतवार, माघ २७ २०८१
सहर्ष न्युज
आइतवार, माघ २७ २०८१
  • काठमाडौं : काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको छ।

    विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गाडीका चालक र एक आठ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

    उक्त दुर्घटनापछि उद्धारको काम सकिएको र केही घाइतेलाई आफन्तले समेत उपचारका लागि लगेको उनले बताए। अन्य ३९ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

    बा १ क ५६६४ नंको उक्त बसमा ८ कक्षासम्मका विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend