२०८३ भाद्र २८ गते आइतवार

images

अवकासको ४० दिनअघि एआईजी रवीन्द्रले दिए राजीनामा, कारण गृह मन्त्रालयको दबाब

अवकासको ४० दिनअघि एआईजी रवीन्द्रले दिए राजीनामा, कारण गृह मन्त्रालयको दबाब

सहर्ष न्युज
आइतवार, माघ २७ २०८१
सहर्ष न्युज
आइतवार, माघ २७ २०८१
  • काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीले राजीनामा दिएका छन्। गृह मन्त्रालयको दबाबपछि उनले राजीनामा दिन बाध्य भएको स्रोतले जनाएको छ।

    गृह मन्त्रालयको निर्देशनमा चैत ५ गते अवकाश पाउन लागेका डिआइजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्न केसीलाई राजीनामा दिन लगाइएको स्रोतको दाबी छ। ‘एआईजी बढुवा हुने बेलामै उनलाई राजीनामा दिनुपर्ने सर्त राखिएको रहेछ,’ एक उच्च प्रहरी अधिकारीले बताए।

    केसीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन्। गत पुस २६ गते मन्त्रिपरिषद्ले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवाको एक महिनामै उनले पदबाट राजीनामा दिए। उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए।

    गएको पुस १७ गते बसेको बढुवा समितिले कुवेर कडायत र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। त्यसपछि केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको थियो।

    ४० दिन सेवा अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। उनको राजीनामा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ। राजीनामा स्वीकृत भएसँगै कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी जनक भट्टराई एआईजीमा बढुवा हुनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend