काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापालाई आजीवन कारावास हाल्न माओवादी केन्द्रका एक नेताले सरकारसँग आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र)का नेता रामप्रसाद सापकोटाले अछाम पुगेर 'जनयुद्ध हिंसा नै थियो' भन्ने अभिव्यक्ति दिएका थापालाई सरकारले तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हाल्नुपर्ने सापकोटाको भनाइ छ ।
'माओवादीका पूर्वनेता रामबहादुर थापा जनयुद्धलाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, तुरुन्त गिरफ्तार गरी आजीवन काराबास हालियोस्,' उनले शुक्रबार फेसबूकमा लेखेका छन् ।
उनले थप लेखेका छन्, 'किनभने उनले भनेको हिंसा उनी आफैँ पत्यक्ष संलग्न भएर गरेका हुन्। हामीले त जनयुद्ध गरेका हौँ। त्यो न्याय र परिवर्तनका लागि वर्ग संघर्ष थियो ।'
