एक पत्रकार सम्मेलनमा एडोर्नीले भने, “हामी अर्जेन्टिनीहरू कुनै अन्तर्राष्ट्रिय सङ्गठनलाई हाम्रो सार्वभौमिकतामा हस्तक्षेप गर्न दिनेछैनौँ, विशेष गरी हाम्रो स्वास्थ्यमा ।” उनका अनुसार, राष्ट्रपति जेभियर मिलेईले विदेशमन्त्री गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिएका छन् ।
राष्ट्रपति एडोर्नीले महामारीको समयमा स्वास्थ्य व्यवस्थापनसम्बन्धी वितभेदका कारण डब्लुएचओबाट बाहिरिन बाध्य बनाएको उल्लेख गर्दै कोभिड महामारीको समयमा अन्तहीन क्वारेन्टाइनलाई बढावा दिएर आर्थिक क्षति पुर्याएको आरोप लगाए ।
अर्जेन्टिनाका राष्ट्रपति कार्यालयले जारी गरिएको वक्तव्यमा भनिएको छ, “अन्तर्राष्ट्रिय समुदायबाट यो पुनर्विचार गर्न जरुरी छ कि किन सबैले वित्त पोषण गरेका अन्तर्राष्ट्रिय सङ्गठनहरू अस्तित्वमा छन्, जसले आफू सिर्जना गरिएका उद्देश्यहरू पूरा गर्दैनन्, अन्तर्राष्ट्रिय राजनीतिमा संलग्न हुन्छन् र सदस्य देशहरूभन्दा माथि आफूलाई थोप्न खोज्छन् ।”
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसको केही सातापछि नै अर्को अमेरिकी राष्ट्र अर्जेन्टिनाले पनि डब्लुएचओबाट बाहिरिने घोषणा गरेको हो ।
