२०८३ भाद्र २८ गते आइतवार

images

सुनचाँदी पसल ‘लुट्ने प्लान’ बनाउँदै गर्दा चार पक्राउ

सुनचाँदी पसल ‘लुट्ने प्लान’ बनाउँदै गर्दा चार पक्राउ

सहर्ष न्युज
बुधवार, माघ २३ २०८१
सहर्ष न्युज
बुधवार, माघ २३ २०८१
  •  

    लहान : सिरहाको लहानस्थित एक सुनचाँदी पसलमा डाका गर्ने योजना बनाउँदै गरेका तीन नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन्।

    प्रहरीको अनुसार, उनीहरू लहान बजारमा रहेको विकास ट्रेडर्स सुनचाँदी पसलमा डकैतीको योजना बनाइरहेका थिए।

    सिरहा प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र कुमार पासवानका अनुसार पक्राउ पर्नेहरूमा सिरहा सुखीपुर नगरपालिका-८ का ४५ वर्षीय इन्द्र नारायण चौधरी (इन्दल), लहान नगरपालिका-२२ का ३१ वर्षीय देव कुमार मुखिया (भैरव), भारत पश्चिम बंगाल हुगली ग्राम पञ्चायत भगवतीपुर-७ का मेहराज मोन्डल (निरोज) रहेका छन्।

    प्रहरीले गोप्य सूचनाका आधारमा विशेष निगरानी गर्दै डिएसपी पासवानको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

    यसैबीच, बुधबार लहान नगरपालिका-४ का ४१ वर्षीय दिनेश विश्वकर्मालाई पनि नियन्त्रणमा लिइएको छ। हाल उनलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend