२०८३ भाद्र २७ गते शनिवार

images

रुपेश र सिन्दिरालाई राष्ट्रिय बुद्धिचाल उपाधि

रुपेश र सिन्दिरालाई राष्ट्रिय बुद्धिचाल उपाधि

सहर्ष न्युज
शनिवार, माघ १९ २०८१
सहर्ष न्युज
शनिवार, माघ १९ २०८१
  • कठमाडौँ । नेपाल बुद्धिचाल महासङ्घले ११ चरणको राउन्ड रोविन प्रतिस्पर्धा सम्पन्न गर्दै एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीलाई पुरुष र महिला राष्ट्रिय च्याम्पियन बनाएको छ । 

    हेटौँडामा एक सातासम्म चलेको बुद्धिचाल प्रतियोगितामा शनिबार रौतहटका रुपेश जैसवाल नौ अङ्क जोडेर २५औँ राष्ट्रिय चेस च्याम्पियन बन्नुभएको हो । उहाँको यो दोस्रो राष्ट्रिय उपाधि हो ।

    रुपेशले चौथो वरियतावाट खेल प्रारम्भ गर्दै सात जीत, चार बराबरी खेल्नुभयो । उहाँले आफ्नो व्यक्तिगत रेटिङ्ग २०९३ बाटट खेल सुरु गरेर ३०.२ रेटिङ्ग बढाउनुभएको छ । 

    युवा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोश्रो बन्दै प्रतिस्पर्धा अन्त्य गर्नुभयो । वतर्मान नेपाल च्याम्पियन राजन सुवेदीसँग समान ८.५ अङ्क बनाउनुभएका पुरुषोत्तमको ३७.२५ टाइब्रेक प्वाइन्ट र राजन ३६.२५ मा सिमित हुनुभयो । झापाका राजन तेस्रो स्थानमा रहनुभयो । 

    मकवानपुरका एफएम क्षितिज भण्डारीले आठ अङ्क बनाएर चौथो हुनुभयो । दोलखाका आशिष फूँयाल सानत अङ्क जोडेर पाँचौ स्थानमा रहनुभयो । 

    झापाका सिएम शुश्रुत दहाल ६.५ अङ्कसहित सातौं, काठमाडौँका एफएम रिजेन्द्र राजभण्डारी ६ अङ्कसहित आठौँ, प्रेमकृष्ण महर्जन नवौँ र ललितपुरका सुरोज महर्जन १०औँ भए।

    यस्तै नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा सञ्चालन भएको १०औँ महिला राष्ट्रिय महिला च्याम्पियन सिन्दिरा जोशीले नौ अङ्क बनाउनुभयो । 

    उहाँले उत्कृष्ट खेल खेली उपाधि जोगाउन सफल हुनुभएको हो । पुनम प्रसाईं आठ अङ्क जोडेर दोस्रो हुनुभयो । निकै कडा प्रतिस्पर्धामा झापाका पुनमले टाइब्रेक प्वाइन्ट ३८.७५ प्राप्त गर्नुभयो । 

    बाँकेकी इशा गिरिले आठ अङ्क टाइब्रेक प्वाइन्ट ३६.२५ का आधारमा तेस्रो स्थान हासिल गर्नुभयो । उदीयमान इशाले पहिलो प्रयासमा नै नेपाल तृतीय बनेकी हुन्। काठमाडौँकी एञ्जल महर्जनले समान आठ अङ्क जोडेर चौथो स्थानमा रहनुभयो । 

    यसैगरी मोरङका शान्ति धिमाल ७.५ अङ्कसहित पाँचौँ झापाका कृतिसारा अधिकारी ६.५ अङ्कसहित छैटौं, कीर्तिपुरका बिनिता कपाली ६ अङ्कसहित सातौँ, बारा जिल्लाकी शुशिला गुरुङ ५.५ अङ्क आठौँ, चितवनका लक्ष्मी कँडेल नवौँ र काठमाडौँका निहाना श्रेष्ठ १०औँ हुनुभयो । 

    विजेतालाई बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ, बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ, साउथ एसियन चेस फेडेरेसनका अध्यक्ष एव अल इन्डियन चेस फेडेरेसनका कोषाध्यक्ष धर्मेन्द्र कुमार, महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, महासङ्घका उपाध्यक्ष श्याम व्यञ्जनकार, महासचिव धरमबहादुर लामा, राजु ताम्राकारलगायतले पुरस्कार प्रदान गर्नुभयो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend