२०८३ श्रावण ११ गते सोमवार

images

क्षुद्रग्रहले पृथ्वीमा पानी र कार्बनयुक्त यौगिक ल्याइदिँदा जीवन उत्पत्ति भएको हुनसक्ने 'प्रमाण'

क्षुद्रग्रहले पृथ्वीमा पानी र कार्बनयुक्त यौगिक ल्याइदिँदा जीवन उत्पत्ति भएको हुनसक्ने 'प्रमाण'

सहर्ष न्युज
शुक्रवार, माघ १८ २०८१
सहर्ष न्युज
शुक्रवार, माघ १८ २०८१
  • बेनु नामक क्षुद्रग्रहबाट सङ्कलित नमुनामा जीवनका लागि अत्यावश्यक रासायनिक पदार्थ फेला परेको एउटा वैज्ञानिक विश्लेषणले देखाएको छ।

    अन्तरिक्षमा विचरण गरिरहेको उक्त चट्टानबाट अमेरिकी अन्तरिक्ष निकाय नासाको एउटा यानले नमुना सङ्कलन गरेर ‍पृथ्वीमा ल्याएको थियो। उक्त नमुनामा विभिन्न खालका खनिज पदार्थ र कार्बनयुक्त हजारौँ यौगिकहरू फेला परेका छन्।

    त्यस्ता यौगिकमा 'अमीनो एसिड' भनिने प्रोटीनका आधारभूत अणुहरू र 'न्यूक्लिओबेस' भनिने आनुवंशिक सूचना सङ्ग्रह गर्ने डीएनएका विभिन्न आधारभूत तत्त्वहरू छन्।

    यद्यपि यसको अर्थ बेनु क्षुद्रग्रहमा कुनै कालखण्डमा जीव थियो भन्ने हैन। बरु अहिलेको परिणामले क्षुद्रग्रहहरूले अर्बौँ वर्षअघि पृथ्वीमा 'जीवन उत्पत्तिका लागि आवश्यक महत्त्वपूर्ण तत्त्व आपूर्ति गरेका थिए' भन्ने सिद्धान्तलाई बल प्रदान गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend