२०८३ श्रावण ११ गते सोमवार

images

भीरबाट बस खस्दा चालक घाइते, यात्रु भने सकुशल

भीरबाट बस खस्दा चालक घाइते, यात्रु भने सकुशल

सहर्ष न्युज
मंगलवार, माघ १५ २०८१
सहर्ष न्युज
मंगलवार, माघ १५ २०८१
  • सर्लाही । सर्लाहीको लालबन्दी बजारबाट सिन्धुलीको मरिणका लागि छुटेको एक यात्रुबाहक बस मङ्गलबार साँझ दुर्घटनामा परेको छ । 

    सर्लाही र सिन्धुलीको सिमाना (पानी ढलो) नजिक लालबन्दी नगरपालिका–१५, चुरे भन्ने स्थानमा बा २ ख ६४३३ नम्बरको काल्तान ट्राभल्सको बस दुर्घटनामा परेको हो । बस चुरेपाखो भीरबाट करिव १० फिट तल कालिन्जोर खोला किनारमा खस्दा बसका चालक तथा बसधनी लालबन्दी नगरपालिका–१३, पत्थरकोटका ३६ वर्षीय चन्द्रबहादुर काल्तान घाइते हुनुभएको छ । 

    प्रहरी चौकी परवानिपुरका अनुसार चालक काल्तानको हातमा सामान्य चोट लागेको छ । बसमा सवार ११ जना यात्रुलाई पहिले नै ओरालेर बस उकालो चढाउन खोज्दा अनियन्त्रित भएर खोला किनारमा खसेको प्रहरीले जनाएको छ । 

    प्रत्यक्षदर्शीले विपरीत दिशाबाट आउँदै गरेको अर्को बसलाई उकालोमा साइड दिनेक्रममा लालबन्दीबाट यात्रु बोकेर गएको बस भीरबाट तल खसेको बताएका छन् । लालबन्दी बजारबाट सर्लाहीको उत्तरी चुरेभेगका विकट बस्ती तथा सिन्धुलीको मरिणसम्म खोलाको बगर तथा चुरेपाखामा खनिएको कच्ची पाखाको बाटोमा यात्रुबाहक बस जोखिमपूर्ण हिसाबले सञ्चालन हुने गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend