२०८३ श्रावण ११ गते सोमवार

images

भ्यालेन्टाइन सिजनका लागि सामसङले ल्यायो आकर्षक अफरसहित जेड फोल्ड

भ्यालेन्टाइन सिजनका लागि सामसङले ल्यायो आकर्षक अफरसहित जेड फोल्ड

सहर्ष न्युज
मंगलवार, माघ १५ २०८१
सहर्ष न्युज
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । सामसङ नेपालले भ्यालेन्टाइन सिजनका लागि नयाँ अफर ल्याएको छ । जसअनुसार ग्राहकले मोबाइल किन्दा भारी छुट पाउने भएका छन् ।

    ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस२४ अल्ट्रा स्मार्टफोनको साथ आफ्ना प्रियजनहरूसँग आफ्नो माया बाँड्न सहज पार्नका लागि, प्राइस् ड्रप तथा बोनस फ्री गिफ्ट रहेको अफरमार्फत अझ सुलभ मूल्यमा बजारमा उपलब्ध गराएको सामसङ नेपालले जनाएको छ ।

    यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जीबी) खरिद गर्दा २५ हजारसम्मको बचत गर्न सक्ने कम्पनीले जनाएको छ ।

    यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५ हजार ४९९ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा ५ हजार ४९९ मूल्य रहेको सिलिकन केस पनि ग्राहकले निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट ग्राहकले ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआईमा प्राप्त गर्न सक्ने बताइएको छ । यो प्रक्रियालाई सहज बनाउनका लागि प्रमाणपत्रको रूपमा ग्राहकले केवल आफ्नो नागरिकता दिए पुग्नेछ ।

    ग्यालेक्सी एस २४ सिरिज लन्चको साथ ग्यालेक्सी एआईको नयाँ युगको शुरूआत भइसकेको कम्पनीले जनाएको छ । त्यसपछि रिलिज भएका फोल्डेबल्सको साथ स्मार्टफोन प्रयोगकर्ताहरूको अन्तरक्रिया गर्ने तरिकालाई रूपान्तरण गर्दै ग्यालेक्सी एआईको क्षमतामा विस्तार भएको कम्पनी बताउँछ ।

    सामसङले परिवर्तनकारी सोच र प्रविधिका साथ भविष्यलाई आकार दिन विश्वलाई प्रेरित गर्दै आएको बताएको छ । कम्पनीले टीभी, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआई, फाउण्ड्री र एलईडीको संसारलाई पुनःपरिभाषित गर्दै आएको बताएको छ ।

    मोडल पुरानो मूल्य (आरआरपी) नयाँ मूल्य (आरआरपी) थप उपहार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend