२०८३ भाद्र २७ गते शनिवार

images

जलविद्युत् आयोजनाको अर्बौँ लगानी 'अलपत्र पार्न सक्ने' भनिएको आदेश के हो, पुनरवलोकनको सम्भावना कति

जलविद्युत् आयोजनाको अर्बौँ लगानी 'अलपत्र पार्न सक्ने' भनिएको आदेश के हो, पुनरवलोकनको सम्भावना कति

सहर्ष न्युज
मंगलवार, माघ १५ २०८१
सहर्ष न्युज
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संरक्षित क्षेत्रबारे दिएको एउटा आदेशले नेपालमा अर्बौ लगानीमा बन्न लागेका सयौँ जलविद्युत् आयोजनाको "भविष्य अन्योलग्रस्त भएको" लगानीकर्ताले बताएका छन्।

    संवैधानिक कानुनका जानकारले चाहिँ उक्त आदेश पुनरवलोकनको अवस्था नरहेको भन्दै त्यसको मर्मलाई आत्मसात् गरी संसद्‌बाट आयोजनाहरूलाई सहज बनाउने बाटो खोज्नुपर्ने सुझाव दिएका छन्।

    अध्यादेशमार्फत् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ का केही प्रावधानमा गरिएको संशोधनलाई बदर गर्ने निर्णयमा न्यायाधीशबीच राय बाझिएपछि बहुमतका आधारमा यही माघ २ गते उक्त आदेश जारी भएको थियो।

    अदालतको निर्णयप्रति सरकारसमेत असहमत देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकारले उक्त आदेशलाई "पुनर्विचार गर्नुपर्ने" बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend