२०८३ श्रावण १४ गते बिहिवार

images

‘हिलसाइड टेक टक सेरिज’ कार्यक्रम सम्पन्न, करिब पाँच दर्जन सहभागी

‘हिलसाइड टेक टक सेरिज’ कार्यक्रम सम्पन्न, करिब पाँच दर्जन सहभागी

सहर्ष न्युज
बिहिवार, श्रावण १० २०८१
सहर्ष न्युज
बिहिवार, श्रावण १० २०८१
  • सहर्ष न्युज, काठमाडौं । हिलसाइड कलेज अफ इन्जिनियरिङ कोटेश्वर, काठमाडौले नलेज ट्रान्सफर गर्ने उद्देश्यले ‘हिलसाइड टेक टक’ सेरिज कार्यक्रमको आयोजना गरेको छ ।

    पूर्वाञ्ल विश्वविद्यालय, इन्जिनियरिङ संकायका डीन प्रा. देबी प्रसाद भट्टराईको बिशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कन्सट्रक्सन क्षेत्रका हस्ती बिरेन्द्र पाण्डे र इनर्जी डेभलपमेन्ट इण्टरपेन्युअर कुबेर मणि नेपाल मूख्य बक्ताको रुपमा रहनुभएको थियो ।

    हिलसाइड कलेज अफ इन्जिनियरिङमा एमएस्सी कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रिकल पावर इन्जिनियरिङ अध्ययनरत ४० जना विद्यार्थीहरु र कोअर्डिनेटर प्रमोदकृष्ण कर्मचार्य, डा. सुजन अधिकारी, कलेजका प्रबन्ध निर्देशक गोपीकृष्ण न्यौपाने, अध्यक्ष जनार्दन नेपाल तथा कर्मचारीहरु सहित प्रबुद्व व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    कलेजले उपयोगी यस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रम उपलब्धिमुलक भएको हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend