२०८३ भाद्र २७ गते शनिवार

images

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याउनुपरेको गृहमन्त्री लेखकको प्रस्टीकरण

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याउनुपरेको गृहमन्त्री लेखकको प्रस्टीकरण

सहर्ष न्युज
आइतवार, माघ १३ २०८१
सहर्ष न्युज
आइतवार, माघ १३ २०८१
  • काठमाडौँ । नेपाली कांग्रेसले आर्थिक क्षेत्रलाई चलायमान बनाउनकै लागि अध्यादेश ल्याउनुपरेको प्रस्टीकरण दिएको छ । सिंहदरबारमा शनिबार बसेको कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टी संसदीय दलको बैठकले आर्थिक क्षेत्रसँगको विमर्शमै सरकारले अध्यादेश ल्याएको प्रस्ट पारेको हो । 

    बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारका कामकारबाहीसँगै विधेयक एवं अध्यादेशका सन्दर्भमा जानकारी दिनुभयो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार गृहमन्त्री लेखकले अध्यादेशमा भएका विषय संशोधन गर्नुपरेमा संसद्मा टेबुल गर्ने बेलामा प्रतिस्थापन विधेयक ल्याएर परिमार्जन गर्न सकिने बताउनुभयो । 

    उहाँले भन्नुभयो, “आर्थिक सुधारको काम गर्नुपर्ने भएकाले केही विधेयकलाई संशोधन गर्नैपर्ने भयो । त्यसैले अध्यादेश ल्याउनुपरेको कुरा गृहमन्त्रीले राख्नुभयो । अध्यादेशका सन्दर्भमा कांग्रेसको धारणा प्रस्ट छ । अध्यादेश आर्थिक सुधारका लागि हो ।”

    बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पनि मन्त्रालयगत कुरा राख्नुभयो । उहाँहरूले मन्त्रालयमा गरेको र अब गर्ने कामका सन्दर्भमा जानकारी दिनुभयो । 

    बैठकमै कुरा राख्न आग्रह

    बैठकमा सभापति शेरबहादुर देउवाले संसद्को अधिवेशनमा पार्टीभित्र साझा धारणा बनाएर एकमतका साथ प्रस्तुत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केही कुरा भए, समस्या भए बैठकमै राखौँ । कांग्रेस एक बनाएर संसद्मा प्रस्तुत गरौँ । बाहिर बोल्नेभन्दा पनि बैठकमै कुरा राखेर साझा दृष्टिकोण बनाउनु पर्छ ।” 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend