२०८३ भाद्र २७ गते शनिवार

images

भाटभटेनीको एकीकृत कर प्रणालीमा विद्युतीय कसुर गर्ने दुई जना पक्राउ

भाटभटेनीको एकीकृत कर प्रणालीमा विद्युतीय कसुर गर्ने दुई जना पक्राउ

सहर्ष न्युज
शुक्रवार, माघ ११ २०८१
सहर्ष न्युज
शुक्रवार, माघ ११ २०८१
  • काठमाडौं । प्रहरीले भाटभभटेनी सुपरमार्केटको युजर आइडी र पासवर्डको अनधिकृत प्रयोग गरी अस्वभाविक कर विवरण पेस गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिर राज शाहीका अनुसार ‘विद्युतीय कारोबार ऐन, २०६३’ परिच्छेद ९ (कम्युटर सम्बन्धी) कसुरमा २८ वर्षीय सन्तोष पराजुली र २२ वर्षीय परिन पाण्डे पक्राउ परेका छन् ।

    यही माघ ५ गते आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा रहेको सूचनामा अनधिकृत रुपमा पहुँच पु¥याइ भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने जम्मा कारोबार रकम दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ को राजस्व कर दायित्व छ करोड २६ लाख ९४ हजार १९ लाई हेरफेर गरी १३ करोड नौ लाख ५९ हजार ६०९ रुपियाँ गलत तथ्याङ्क राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनाधिकृत प्रविष्ट गर्ने कार्य गरेको देखिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनीहरुले आफू सङ्लग्न अडिट फर्मको तर्फबाट आन्तरिक राजस्व विभागको पोर्टलमा गइ विभिन्न करदाताहरुको कारोबारको विवरण आफू अनुकूल हुने गरी प्रविष्ट गरी प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हानी नोक्सानी पु¥याउने तथा लाभ लिने कार्य गरेका हुन् ।

    स्थायी घर पर्वत भइ हाल चितवन बस्ने पराजुली र स्थायी घर गोरखा भइ हाल चितवन बस्ने पाण्डेलाई पक्राउ गरी थप अनुसन्धानको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend