२०८३ श्रावण १० गते आइतवार

images

सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको मुख्य कार्यालय र दुई शाखा सिल

सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको मुख्य कार्यालय र दुई शाखा सिल

सहर्ष न्युज
बिहिवार, माघ १० २०८१
सहर्ष न्युज
बिहिवार, माघ १० २०८१
  •  

    बागमती प्रदेश सरकारको सहकारी व्यवस्थापन कार्यालय काठमाडौंको टोलीले ललितपुरमा रहेको सुमेरु सेभिङको मुख्य कार्यालयसहित दुई शाखामा बिहीबार सिल गरेको हो।

    सरकारले गत पुस २८ गते उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौंका प्रमुख महेश आचार्यका अनुसार, ललितपुरको पुल्चोकमा रहेको मुख्य कार्यालय तथा धापाखेल र गठ्ठाघरमा रहेको शाखा कार्यालयमा सिल गरिएको हो।

    गत माघ ८ गते खाता रोक्का गरिएको उक्त सहकारीको व्यवस्थापनका लागि छिट्टै थप प्रक्रिया अघि बढाइने आचार्यले बताए। सहकारीका सञ्चालकहरूसँग छलफल गरी सम्बन्धित सबैको खाता रोक्का गरिने उनले बताए।

    समस्याग्रस्त घोषणा गरिएको भएपनि काठमाडौं, ललितपुर र काभ्रेमा सुमेरु सहकारी रहेको बताउँदै प्रमुख आचार्यले ललितपुर र काठमाडौंको सुमेरु सहकारीले एकीकरणको सम्झौता समेत गरेकाले सिल गर्न समस्या भएको जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend