२०८३ भाद्र २७ गते शनिवार

images
  • प्रमुख समाचार
  • काठमाडौं–तराई द्रुतमार्ग तोकिएको समयावधिभित्रै पूरा गर्न...

काठमाडौं–तराई द्रुतमार्ग तोकिएको समयावधिभित्रै पूरा गर्न सेनालाई राष्ट्रपतिको निर्देशन

काठमाडौं–तराई द्रुतमार्ग तोकिएको समयावधिभित्रै पूरा गर्न सेनालाई राष्ट्रपतिको निर्देशन

सहर्ष न्युज
शुक्रवार, माघ ४ २०८१
सहर्ष न्युज
शुक्रवार, माघ ४ २०८१
  •  

    हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ(तराई(मधेस द्रुतमार्गको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न उहाँ मकवानपुरको बकैयामा आउनुभएको हो । 

    उहाँले बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुतमार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिनुभएको छ । नेपाली सेनाको प्रतिनिधिले अहिलेसम्म भएका प्रगति र निर्माणको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । 

    यसैबीच, राष्ट्रपतिको सचिवालयका अनुसार, मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना  नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिनुभयो ।  

    काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

    मकवानपुरमा अवलोकन गरेपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन उहाँ निजगढतर्फ जाने र त्यहाँबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend