२०८३ भाद्र २७ गते शनिवार

images

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

सहर्ष न्युज
बुधवार, माघ २ २०८१
सहर्ष न्युज
बुधवार, माघ २ २०८१
  • काठमाडौ । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ पर्नुभएको छ । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।

    पक्राउ वारेन्ट जारी भएपछि बुधबार बिहानै निलम्बित राष्ट्रपति युन लाई सउलस्थित निवासबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ ।

    यसअघि पनि दक्षिण कोरियाली जाँचकर्ताहरूले यून सुकलाई पक्राउ गर्ने प्रयास गरेका थिए ।

    योलले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गर्नुभएको थियो । तर यसको विरोध भएपछि योलले केही घण्टापछि फिर्ता लिनुभएको थियो । यससँगै योन सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।

    बिबिसीका अनुसार पक्राउको क्रममा यूनको निवासबाहिर समर्थक र आलोचक दुवैको बाक्लो भीड देखिएको थियो । साथै प्रहरीले समेत एक हजारभन्दा बढी अधिकारीहरू तैनाथ गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend