२०८३ श्रावण ११ गते सोमवार

images

बैंकिङ कसुरमा एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ, महाराजगञ्ज बृतमा पीडितको छलफल हुँदै

बैंकिङ कसुरमा एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ, महाराजगञ्ज बृतमा पीडितको छलफल हुँदै

सहर्ष न्युज
मंगलवार, माघ १ २०८१
सहर्ष न्युज
मंगलवार, माघ १ २०८१
  • काठमाडौं । नेकपा एमाले का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल बैंकिङ कसुरमा पक्राउ परेका छन्।

    एमालेका केन्द्रीय सदस्य एवं अनेराश्ववियुका इन्चार्ज मल्ललाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताए।

    सोमबार पक्राउ परेका मल्ललाई महाराजगन्ज वृत्तमा राखिएको छ। उनीविरुद्ध एक जना पीडितले २० लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरमा जाहेरी दिएका थिए। जाहेरीपछि अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले उनीमाथि कारबाही अगाडि बढाएको हो।

    मल्लले पीडितलाई दिनु पर्ने २० लाख ५० हजार रुपैयाँको चेक दिएपनि खातामा रकम नभएपछि पीडित प्रहरी कार्यालय पुगेको बताएका छन्। मल्लले पीडितलाई दिनु पर्ने रकम दिइसकेको बताएकाले प्रारम्भिक अनुसन्धानपछि थप निर्णय लिइने प्रहरीले जनाएको छ।

    २०७० सालको निर्वाचनमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको समूहबाट अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend