२०८३ श्रावण ११ गते सोमवार

images

चीनले अमेरिकी टिकटक मस्कलाई बेच्ने सम्भावना खोज्दै

चीनले अमेरिकी टिकटक मस्कलाई बेच्ने सम्भावना खोज्दै

सहर्ष न्युज
मंगलवार, माघ १ २०८१
सहर्ष न्युज
मंगलवार, माघ १ २०८१
  •  

    यस मामिलासँग परिचित अज्ञात व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्टले बेइजिङमा छलफल भइरहेको एउटा परिदृश्यलाई उल्लेख गरेको छ । त्यहाँ मस्कको सोशल मिडिया कम्पनी एक्सले चिनियाँ मालिक बाइटडान्सबाट टिकटक खरीद गर्नेछ र यसलाई पहिले ट्विटर भनेर चिनिने प्लेटफर्ममा एकीकृत गर्नेछ ।

    रिपोर्टले टिकटकको अमेरिकी सञ्चालनको मूल्य ४० देखि ५० अर्ब डलरको बिचमा रहेको अनुमान गरेको छ । यद्यपि मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्तिका रूपमा रहे पनि मस्कले लेनदेन कसरी कार्यान्वयन गर्न सक्नुहुनेछ वा उहाँलाई अन्य सम्पत्तिहरू बेच्नुपर्ने हो कि होइन भन्ने स्पष्ट नभएको ब्लुमबर्गले बताएको छ ।

    अमेरिकी सरकारले गत वर्ष एउटा कानुन पारित गरेको थियो । उक्त कानुनअनुसार टिकटकको बाइटडान्सलाई या त अत्यन्त लोकप्रिय प्लेटफर्म बेच्न वा बन्द गर्न आवश्यक छ । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा एक दिनअघि यो आइतबार लागू हुनेछ ।

    अमेरिकी सरकारले टिकटकले बेइजिङलाई डाटा सङ्कलन गर्न र प्रयोगकर्ताहरूको जासुसी गर्न अनुमति दिएको आरोप लगाएको छ र यो प्रचार प्रसारको माध्यम हो ।

    चीन र बाइटडान्सले ती दावीलाई कडा रूपमा अस्वीकार गरेका छन् । टिकटकले अमेरिकी सर्वोच्च अदालतमा अपिल गर्दै कानुनलाई चुनौती दिएको छ । अदालतले शुक्रबार मौखिक तर्क सुनेको थियो ।

    सुनुवाइमा नौ सदस्यीय बेन्चका बहुमत कन्जरभेटिभ र लिबरल न्यायाधीशहरू बिक्री गर्न बाध्य पार्नु पहिलो संशोधनको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उल्लङ्घन हो भन्ने टिकटकका वकिलको तर्कप्रति शङ्कास्पद देखिएका थिए ।

    चिनियाँ अधिकारीहरूले कसरी अघि बढ्ने भन्नेमा अझै सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै ब्लुमबर्गले बेइजिङको सम्भावित मस्क कारोबारको विचारलाई ‘अझै प्रारम्भिक’ का रूपमा वर्णन गरेका छन् । 

    चिनियाँ सरकारको योजनाका बारेमा बाइटडान्सलाई कति थाहा थियो भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताए । टिकटकले टिप्पणीका लागि एएफपीको अनुरोधलाई तुरुन्तै जवाफ दिएन तर भेराइटीले एक प्रतिनिधिलाई उद्धृत गर्दै भनेको छ, “हामीलाई शुद्ध काल्पनिक कुरामा टिप्पणी गर्न अपेक्षा गर्न सकिँदैन ।”

    ट्रम्पका निकट सहयोगी मस्कले आगामी चार वर्षमा वासिङ्टनमा प्रभावशाली भूमिका खेल्ने अपेक्षा गरिएको छ । उहाँले विद्युतीय कार कम्पनी टेस्ला पनि चलाउनुहुन्छ । टेस्लाको चीनमा प्रमुख कारखाना छ र देश अटो निर्माताको सबैभन्दा ठुलो बजारहरूमध्ये एक हो ।

    ट्रम्पले चिनियाँ वस्तुहरूमा नयाँ शुल्क लगाउने बारम्बार धम्की दिनुभएको छ । यसले उहाँको पहिलो कार्यकालमा सुरु भएको व्यापार युद्धलाई विस्तार गर्नेछ । यसलाई निवर्तमान राष्ट्रपति जो बाइडेनले मोटामोटी कायम राख्नुभयो र केही मामिलामा थप गर्नुभयो । रासस/एएफपी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend