२०८३ श्रावण ११ गते सोमवार

images

भारतमा अन्तरिक्ष अर्थव्यवस्था विस्तार गर्न हजार करोड कोषको घोषणा

भारतमा अन्तरिक्ष अर्थव्यवस्था विस्तार गर्न हजार करोड कोषको घोषणा

सहर्ष न्युज
बुधवार, श्रावण ९ २०८१
सहर्ष न्युज
बुधवार, श्रावण ९ २०८१
  • नयाँ दिल्ली : चन्द्रयान–३ मिसनको सफल समापनपछि वित्तमन्त्री निर्मला सीतारमणले मङ्गलबार अन्तरिक्ष अर्थव्यवस्थाको पाँच गुणा विस्तार गर्न एक हजार करोड (भारतीय रुपैयाँ) को उद्यम पूँजी कोषको स्थापना गर्ने घोषणा गरेकी छन्।

    सन् २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल सफ्ट ल्यान्डिङ र भारतको पहिलो सौर्य मिसन आदित्य–एल १ को सफल प्रक्षेपण गरेर भारत नयाँ उचाइमा पुगेको छ ।

    यी कोसेढुङ्गाहरूले विश्व अन्तरिक्ष अर्थतन्त्रमा भारतको स्थान सुरक्षित गर्नुका साथै भारतको निजी अन्तरिक्ष क्षेत्रका लागि इन्जिनहरूलाई बढावा दिएको छ । भारतले अब सन् २०३५ सम्ममा भारतीय अन्तरिक्ष स्टेशन स्थापना गर्ने र सन् २०४० सम्ममा चन्द्रमामा पहिलो भारतीय पठाउने लक्ष्य राखेको छ ।

    यस वर्षको सुरुमा वाणिज्य तथा उद्योग मन्त्रालयले भारतको अन्तरिक्ष क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) नीतिको समीक्षाको घोषणा गरेको थियो ।

    विशेषगरी भारतीय अन्तरिक्ष क्षेत्रलाई निजी कम्पनीहरूका लागि खोल्ने ऐतिहासिक कदमपछि भारतीय अन्तरिक्ष स्टार्टअपहरू पछिल्लो दशकमा निजी अन्तरिक्ष उद्योगका लागि बलियो स्तम्भ बनेका छन् । रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend