२०८३ श्रावण ११ गते सोमवार

images

प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्ष- ‘शेरा दरबार पचाउन मेरो पेट प्रचण्डको जत्रो ठूलो छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्ष- ‘शेरा दरबार पचाउन मेरो पेट प्रचण्डको जत्रो ठूलो छैन’

सहर्ष न्युज
सोमवार, पौष २९ २०८१
सहर्ष न्युज
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै आफ्नो पेट ‘शेरा दरबार पचाउने जतिको ठूलो नभएको’ कटाक्ष गरेका छन्।

    नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले भने, ‘मेरो छलछाम र लुकाएर काम गर्ने बानी छैन। मेरो पेट शेरा दरबार पचाउने जतिको ठूलो छैन, र मेरो त्यहाँ कुनै रुचि पनि छैन।’

    प्रधानमन्त्री ओलीले आफू १० देखि ५ बजेसम्म सीमित काम गर्ने जागिरे नभएर २४ घण्टा देशसेवामा समर्पित रहेको बताए। उनले भने, ‘म दिनरात काम गर्छु। म रातिमा होइन, दिउँसै खुलेर सबै काम गर्छु।’

    कार्यक्रममा प्रधानमन्त्रीले पत्रकारहरूलाई सत्यतथ्य सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गरे। ‘पत्रकारहरूको काम पहरेदारको हो। सत्यतथ्यमा आधारित समाचार दिनु पत्रकारिताको धर्म हो,’ उनले भने।

    प्रधानमन्त्रीले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न कानून ल्याउनुपर्ने सरकारको योजना पनि सार्वजनिक गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend