२०८३ श्रावण ११ गते सोमवार

images

स्काईवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे मनोनित

स्काईवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे मनोनित

सहर्ष न्युज
आइतवार, पौष २८ २०८१
सहर्ष न्युज
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । काठमाडौँको कमलादीस्थित वोन्डर्स नेपाल प्रालिले आफ्नो सातौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रबेन्द्र पोखरेलको अध्यक्षतामा स्काईवाक नेपाल कमलादी परिसरमा आज ९शुक्रबार० साधारणसभा सम्पन्न भएको हो ।

    साधारणसभामा आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरण पारित गरिएको छ । साथै, अतिरिक्त कम्पनीको व्यवसायिक योजना, कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरी आइपिओ जारी गर्ने प्रक्रियामा जाने प्रस्ताव सर्बसम्मतिले पारित गरिएको छ ।

    साथै, कम्पनीले सञ्चालक समितिको पुर्नरगठनसमेत गरेको छ । अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा बिष्णुहरि पाण्डेलाई मनोनयन गरिएको छ ।

    साधरणसभामा कम्पनीका प्रबन्ध सञ्चालक पदमप्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

    कम्पनीका नवनियुक्त प्रबन्ध सञ्चालक पाण्डे शैक्षिक संस्था, बैंकिङ क्षेत्र लगाएतका संस्थाहरूमा अनुभव बटुलिसकेका छन् ।

    स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिने गरी रेस्टुरेन्ट र क्लब निर्माण भइसकेको छ । चाँडै नै सिटी बन्जी जम्पको तयारी पनि गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend