२०८३ भाद्र २८ गते आइतवार

images

अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमा उडान भर्न ‘उच्च जोखिम’

अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमा उडान भर्न ‘उच्च जोखिम’

सहर्ष न्युज
शुक्रवार, पौष २६ २०८१
सहर्ष न्युज
शुक्रवार, पौष २६ २०८१
  •  

    इएएसएले एक सुरक्षा बुलेटिनमा भनेको छ, “द्वन्द्वले ‘सम्भावित नागरिक–सैन्य समन्वयको कमी र गलत पहिचानको सम्भावनाका कारण रूसी सङ्घको हवाई क्षेत्रमा नागरिक विमानहरू अनाहकमा निशाना हुने खतरा उत्पन्न गरेको छ।”

    इएसएसले पश्चिमी रूसी हवाई क्षेत्रमा उडान नगर्न एयरलाइन्सका लागि आफ्नो सिफारिसलाई पुनः नवीकरण गरेको छ ।

    रूसले युरोपेली सङ्घ (इयू) का विमानलाई आफ्नो हवाई क्षेत्रमा उडान भर्न प्रतिबन्ध लगाएको छ तर चीन, टर्की, खाडी मुलुक र अन्य मुलुकका विमानलाई भने अनुमति दिइएको छ ।

    अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले गत डिसेम्बर २५ मा कजाकिस्तानमा ३८ जनाको ज्यान जाने गरी दुर्घटनाग्रस्त भएको अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमानलाई रुसी शहर ग्रोज्नीमाथि ‘जमिनबाट’ गोली हानेको दाबी गर्नुभएको छ ।

    रूसले युक्रेनी ड्रोनलाई प्रतिकार गर्ने समयमा आफ्नो एयर डिफेन्सले काम गरिरहेको बताएको छ, तर उसले विमानमा गोली लागेको स्वीकारेको छ ।

    इएएसएले युक्रेनी क्षेप्यास्त्र र रुसमा प्रक्षेपण गरिएका ड्रोनको सामना गर्न रुसी हवाई प्रतिरक्षा प्रणालीको सक्रियताले ‘प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसहित धेरै स्थानहरूमा उडान सञ्चालनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ’ भनेको छ ।

    बुलेटिनमा भनिएको छ, “ड्रोन आक्रमण वा हवाई प्रतिरक्षा प्रणालीको सक्रियताका बेला रुसी महासङ्घले बन्द नगरेको हवाई क्षेत्रमा अधिकांश घटना भएका छन् ।

    “सन् २०२४ डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको फ्लाइट ८२४३ मा भएको घटनाले देखाएझैं यसले उडान सञ्चालनका लागि उच्च जोखिम निम्त्याएको छ।’’ रासस/एएफपी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend