२०८३ श्रावण १० गते आइतवार

images

राष्ट्र बैंकको नयाँ नियम, बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

राष्ट्र बैंकको नयाँ नियम, बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

सहर्ष न्युज
बिहिवार, पौष २५ २०८१
सहर्ष न्युज
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका खाता खोल्नका लागि नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

    राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशनमा उल्लेख छ, ‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend