२०८३ भाद्र २८ गते आइतवार

images

एक वर्षमा तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित १७ सय प्रहरी कारबाहीमा, सबैभन्दा बढी जना ७६४ प्रहरी जवान

एक वर्षमा तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित १७ सय प्रहरी कारबाहीमा, सबैभन्दा बढी जना ७६४ प्रहरी जवान

सहर्ष न्युज
आइतवार, श्रावण ६ २०८१
सहर्ष न्युज
आइतवार, श्रावण ६ २०८१
  •  
    सहर्ष न्युज, काठमाडौं । पछिल्लो एक वर्षमा नेपाल प्रहरीमा तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित १ हजार ७०१ जना कारबाहीमा परेका छन् ।

    प्रहरीको वार्षिक कार्यसम्पादनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा एसएसपीदेखि प्रहरी जवानसम्म गरी १७ सय १ जना कारबाहीमा परेका हुन् ।

    कारबाहीमा पर्नेमा प्रहरी जवान धेरै छन् ।

    केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार यो अवधिमा ७६४ जना प्रहरी जवान, ३३८ प्रहरी सहायक हवल्दार, २८२ प्रहरी हवल्दार, ६७ वरिष्ठ हवल्दार र ११८ प्रहरी सहायक निरीक्षक कारबाहीमा परेका छन् ।

    कारबाहीमा पर्नेमा ४८ जना प्रहरी नायब निरीक्षक छन् भने १६ जना प्रहरी वरिष्ठ नायब निरीक्षक र २६ जना प्रहरी निरीक्षक छन् । ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) कारबाहीमा परेका छन् भने कारबाहीमा पर्ने एसपी एक जना छन् ।

    प्रहरी नियमावलीमा सामान्य र विशेष गरेर दुई किसिमको कारबाहीको व्यवस्था छ । सामान्य अनुसार शारीरिक परिश्रम हुने सजाय गर्ने वा नियन्त्रणमा राख्ने, नसिहत दिने, चालचलनसम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने, अधिकतम ५ वर्षसम्म बढुवा रोक्का गर्ने, बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने, ज्येष्ठतासहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा गर्ने लगायत छन् ।

    विशेष सजायमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने र नठहरिने गरी बर्खास्त गर्नेसम्मको व्यवस्था छ ।

    यही अवधिमा ३ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), १० डीआईजी, ३९ एसएसपी, ७९ एसपी, २२६ डीएसपी र ५८५ इन्स्पेक्टरसहित ८ हजार ८३४ जना पुरस्कृत भएका छन् ।

    ३९३ प्रहरी वरिष्ठ नायब निरीक्षक, ६२३ प्रहरी नायब निरीक्षक , १ हजार १८९ प्रहरी सहायक निरीक्षक, ५२२ प्रहरी वरिष्ठ हवल्दार, १ हजार १९४ प्रहरी हवल्दार, १ हजार ५७६ प्रहरी सहायक हवल्दार, २ हजार १३९ प्रहरी जवान र २५६ प्रहरी कार्यालय सहयोगी पुरस्कृत भएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend