२०८३ भाद्र २८ गते आइतवार

images

ओलीलाई दुई तिहाईको विश्वासको मत : पक्षमा १८८, विपक्षमा ७४, तटस्थ एक मत

ओलीलाई दुई तिहाईको विश्वासको मत : पक्षमा १८८, विपक्षमा ७४, तटस्थ एक मत

सहर्ष न्युज
आइतवार, श्रावण ६ २०८१
सहर्ष न्युज
आइतवार, श्रावण ६ २०८१
  • सहर्ष न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाबाट दुईतिहाई भन्दा बढी सांसदबाट विश्वासको मत प्राप्त गरेको छ।

    आइतबार प्रतिनिधिसभामा भएको विश्वासको मत परीक्षणमा ओली नेतृत्वको सरकारलाई १८८ सांसदले विश्वासको मत दिएका छन्। विपक्षमा ७४ मत परेको छ, भने एक सांसद तटस्थ बसेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा आइतबार २६३ जना सांसद उपस्थित थिए।

    सरकारलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले विश्वासको मत दिए।

    यस्तै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गरे।

    संविधानको धारा ७६ (२) बमोजिमअसार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। आइतबार संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend