२०८३ भाद्र २७ गते शनिवार

images

फिल्म रिलिज गर्दा निर्माता संघ र चलचित्र संघको स्वीकृति अनिवार्य

फिल्म रिलिज गर्दा निर्माता संघ र चलचित्र संघको स्वीकृति अनिवार्य

सहर्ष न्युज
मंगलवार, पौष २३ २०८१
सहर्ष न्युज
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । हलमा फिल्म प्रदर्शन गर्दा चलचित्र निर्माता संघको अनिवार्य पनि स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । चलचित्र निर्माता संघ र चलचित्र संघको कार्यदलले यसबारे सहमति जुटाएको हो । 

    सहमति अनुसार अब फिल्म रिलिज गर्नुअघि निर्माता संघ र प्रदर्शकहरुको संस्था चलचित्र संघमा अनिवार्य दर्ता हुनुपर्ने कार्यदलका सदस्य गोपाल कायस्थले बताए । यससँगै अब स्वतन्त्र रुपमा कसैले पनि हलमा फिल्म रिलिज गर्न नपाउने भएका छन् ।

    कार्यदलले एकै मितिमा दुई भन्दा बढी फिल्म रिलिज गर्न नपाइने अहिलेको नियमलाई समेत खारेज गर्ने सहमति जुटाएको छ ।

    ‘खुला बजारको अवधारणा अनुसार एकै मितिमा अब दुई भन्दा बढी पनि फिल्म रिलिज हुन पाउनेछन्,’ कायस्थले भने । कार्यदलमा निर्माता संघको तर्फबाट उदय सुब्बा संयोजक र चलचित्र संघबाट कायस्थ सदस्य छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend