२०८३ भाद्र २७ गते शनिवार

images

चीनको भूकम्पमा परी कम्तिमा पनि ५३ मृत्यु, नेपालको विभिन्न जिल्लामा सामान्य क्षति

चीनको भूकम्पमा परी कम्तिमा पनि ५३ मृत्यु, नेपालको विभिन्न जिल्लामा सामान्य क्षति

सहर्ष न्युज
मंगलवार, पौष २३ २०८१
सहर्ष न्युज
मंगलवार, पौष २३ २०८१
  • तिब्बत ।  चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् । चाइना भूकम्प नेटवर्क सेन्टरले भूकम्पको केन्द्र २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री ई देशान्तरमा रहेको बताएको छ ।

    हाल चिनियाँ सेनाले भूकम्पको केन्द्रबिन्दुमा स्थितिको आकलन गर्न ड्रोन तैनाथ गरेको छ ।

    यसैबीच, राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले मङ्गलबार तिब्बत स्वायत्त क्षेत्रको सिजाङमा भूकम्पको धक्का महसुस भएको जनाएको छ ।

    मङ्गलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।

    स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर छ ।

    यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।

    यसैबीच, मङ्गलबार बिहान गएको भूकम्पका कारण रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा र सोलुखुम्बुमा केही घरहरुमा सामान्य क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

    केही जिल्लामा एक/दुई वटा कच्ची घर सामान्य चर्किएको बाहेक ठुलो भौतिक तथा मानवीय क्षति अहिलेसम्म नभएको उहाँले बताउनुभयो ।

    सहप्रवक्ता थापाका अनुसार सोलुखुम्बु, थुलुङ्ग दुधकोशी गाउँपालिका– ७ देउसा स्थत लुर्वा बस्ने हर्कबहादुर खत्रीको ढुङ्गा माटोले बनेको दुईतले घरको गारो सामान्य चर्किएको छ ।

    त्यस्तै, भूकम्पका कारण ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका– २ चुहानछाप बस्ने हिमाल कार्कीको ढुङ्गा माटोले बनेको घर सामान्य चर्केको छ भने ओखलढुङ्गा, चिसंखुगढी गाउँपालिका– ५ सिरीसे बस्ने वर्ष २६ को इन्द्रबहादुर परियारको जीर्ण अवस्थामा रहेको भान्सा घर पूर्णरुपमा भत्किएको उहाँले जानकारी दिनुभयो ।

    मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।

    नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend