२०८३ भाद्र २८ गते आइतवार

images

१८ निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखिदै, सार्वजानिक खरिद अनुगमनले प्रकाशित ग¥यो सूचना

१८ निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखिदै, सार्वजानिक खरिद अनुगमनले प्रकाशित ग¥यो सूचना

सहर्ष न्युज
मंगलवार, पौष २३ २०८१
सहर्ष न्युज
मंगलवार, पौष २३ २०८१
  • ई–आर्थिक, काठमाडौं । १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखिने भएको छ । सरकारले कालोसूचिमा राख्ने प्रकृया सुरु गरेको हो ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगरी ढिलासुस्ती गर्ने १८ कम्पनीलाई कालो सूचीमा किन नराख्ने भनी स्पष्टीकरण मागको छ ।

    जारी सूचनामा कालो सूचनामा राख्न नपर्ने कुनै कारण भए आधार प्रमाणसहित सात दिनभित्र लिखित स्पष्टीकरण दिन भनिएको हो ।

    यसअघि नै ३० दिनभित्र लिखित स्पष्टीकरण माग गरिए पनि पेस नगरेकोले ताकेता गरिएको हो । अबको सात दिनभित्र पनि उचित स्पष्टीकरण नआए कालो सूचीमा राखिने कार्यालयले जनाएको छ ।

    आयोजना अलपत्र पारेपछि विभिन्न सार्वजनिक निकायले १९ कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेका थिए ।

    Sarbajanik Kharid Notice.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend