२०८३ भाद्र २७ गते शनिवार

images

पोखरामा पहिलोपटक फागुन १७ देखि १९ गतेसम्म चलचित्र पर्यटन महोत्सव हुने

पोखरामा पहिलोपटक फागुन १७ देखि १९ गतेसम्म चलचित्र पर्यटन महोत्सव हुने

सहर्ष न्युज
सोमवार, पौष २२ २०८१
सहर्ष न्युज
सोमवार, पौष २२ २०८१
  • कास्की । पर्यटकीय राजधानी पोखरामा चलचित्र पर्यटन महोत्सव हुने भएको छ । आगामी फागुन १७ देखि १९ गतेसम्म महोत्सव आयोजना हुने जनाइएको छ ।

    महोत्सव चलचित्र विकास बोर्डको मुख्य आयोजनामा हुन लागेको हो । बोर्डका अध्यक्ष दिनेश डिसीले पोखरा महानगरपालिकाका  प्रमुख धनराज आचार्यसँग भेटवार्ता पछि महोत्सवसम्बन्धी प्रारम्भिक र महत्त्वपूर्ण छलफल भएको उल्लेख गर्नुभएको छ ।

    पहिलो पटक ठुलो रूपमा आयोजना हुन गइरहेको यस महोत्सवले चलचित्र छायाङ्कनका लागि प्राकृतिक स्टुडियोका रूपमा परिचित पोखरा र गण्डकी प्रदेशलाई व्यापक रूपमा प्रवर्द्धन गरिने जनाइएको छ ।

    पोखरा महानगरका प्रमुख आचार्यले कलाकार र स्रष्टाहरुलाई पोखरामा स्वागत गर्दै महोत्सव सफल हुने बताउनुभएको छ । विकास बोर्डको मुख्य आयोजनामा हुने महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतका संस्थाहरू प्रवर्द्धकको रूपमा रहनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend