२०८३ भाद्र २७ गते शनिवार

images

भारतीय तटरक्षक गार्डको हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतीय तटरक्षक गार्डको हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सहर्ष न्युज
सोमवार, पौष २२ २०८१
सहर्ष न्युज
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट हेलिकोप्टर दुर्घटना भएको हो ।

    हेलिकोप्टर दुर्घटनामा परेर आगो लागेपछि दुई पाइलटसहित चालक दलका तीन सदस्यको जलेको अवस्थामा तत्काल अस्पताल लगिएको थियो । दुर्घटनामा चालक दलका तीनै सदस्यले ज्यान गुमाएका छन् ।

    दुर्घटना आइतबार दिउँसो १२ः१० बजे भएको थियो । भारतीय प्रहरी र कोस्ट गार्डका अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend