२०८३ भाद्र २७ गते शनिवार

images

२१ खर्ब ४० अर्ब रुपियाँ लागतको अप्पर मस्र्याङ्दी–१ का लागि लगानी जुट्यो

२१ खर्ब ४० अर्ब रुपियाँ लागतको अप्पर मस्र्याङ्दी–१ का लागि लगानी जुट्यो

सहर्ष न्युज
सोमवार, पौष २२ २०८१
सहर्ष न्युज
सोमवार, पौष २२ २०८१
  •  

    लमजुङ जिल्लास्थित मस्र्याङ्दी नदीमा निर्माण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१, जलविद्युत् आयोजनाको कुल लागत २१ खर्ब ४० अर्ब रुपियाँ रहेको छ । 

    अप्पर मस्र्याङ्दी हाइड्रोपावर–१ ले २०७५ पुस १० गते विद्युत् विकास विभागबाट आयोजना निर्माण तथा विद्युत् उत्पादनको अनुमतिपत्र पाएको थियो । यसका साथै २०८१ पुस ९ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिव्रmी सम्झौतासमेत गरिसकेको छ । सो कम्पनीको प्रवर्धकका रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् ।

    परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैङ्कको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैङ्कले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्धक-संस्थापकको लगानी रहने बताइएको छ ।

    लक्ष्मी सनराइज बैङ्कको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता सात अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैङ्कमध्ये सहअगुवा ग्लोबल आइएमई बैङ्कको छ अर्ब तथा प्रभु बैङ्कको तीन अर्बसमेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ । आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपछि वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend