२०८३ भाद्र २८ गते आइतवार

images

प्रहरी पूर्वप्रमुख सर्वेन्द्र खनालले छाडे एमाले, भीम रावलको अभियानमा जोडिने संभावना

प्रहरी पूर्वप्रमुख सर्वेन्द्र खनालले छाडे एमाले, भीम रावलको अभियानमा जोडिने संभावना

सहर्ष न्युज
आइतवार, पौष २१ २०८१
सहर्ष न्युज
आइतवार, पौष २१ २०८१
  • काठमाडौं । नेकपा एमाले नेता सर्वेन्द्र खनालले एमाले पार्टी छाडेका छन् । नेपाल प्रहरीका पूर्वप्रमुख समेत रहेका खनालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कुनै पनि दलसँग आवद्ध नरहेको स्पष्ट पार्दै एमाले छोडेका हुन् । 

    उनले लेखेका छन्, ‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैँ सक्दो कार्यहरू गरिरहने छु।’

    खनाललाई ५ असोज २०७९ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए । खनालको यो घोषणा एमालेले भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि आएको हो । नेता रावललाई एमालेले यहीँ पुस दश गतेबाट पार्टी सदस्य नरहनेगरी कारबाही गरेको थियो। त्यसपछि रावलले नयाँ दल खोल्ने चर्चा भइरहेको थियो । 

    तर रावल अहिले ‘मातृभूमि जागरण अभियान’ घोषणा गरेर देश दौडाहमा छन्। यसबीच खनाल पनि रावलको अभियानमा जोडिने चर्चा हुन थालेको छ । यसअघि भीम रावलले पनि पूर्व सुरक्षा प्रमुखहरू जोडिने संकेत दिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend