२०८३ भाद्र २८ गते आइतवार

images

सिर्जना राई र रोहन डंगोल रग्बीको वर्ष उत्कृष्ट खेलाडी

सिर्जना राई र रोहन डंगोल रग्बीको वर्ष उत्कृष्ट खेलाडी

सहर्ष न्युज
आइतवार, पौष २१ २०८१
सहर्ष न्युज
आइतवार, पौष २१ २०८१
  • काठमाडौं । नेपाल रग्बी संघको वर्ष उत्कृष्ट खेलाडी महिलामा सिर्जना राई र पुरुषमा रोहन डंगोल भएका छन्।

    काठमाडौंमा शनिबार सम्पन्न आफ्नो १२औं वार्षिक साधारणसभाको अवसरमा संघले वर्ष २०२४ को उत्कृष्ट खेलाडीबाट सिर्जना र रोहनलाई सम्मान गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेपकी बोर्ड सदस्य अञ्जना श्रेष्ठ मास्के, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्दबहादुर घिमिरेलगायतले उनीहरूलाई सम्मान गरे।

    उक्त साधारण सभाको सदस्यसचिव घिसिङले उद्घाटन गरेका थिए। सो अवसरमा घिसिङले रग्बी खेलको विकासका लागि योगदान गर्ने खेलाडी, प्रशिक्षक र संघलाई धन्यवाद दिँदै पछिल्ला १२ वर्ष विभिन्न आरोह-अवरोह पार गरेको बताए।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend