२०८३ भाद्र २९ गते सोमवार

images

२ अर्ब ५० करोड बजेट सुनिश्चितता पछि सिक्टाको डुडुवा नहरमा नयाँ टेन्डर

२ अर्ब ५० करोड बजेट सुनिश्चितता पछि सिक्टाको डुडुवा नहरमा नयाँ टेन्डर

सहर्ष न्युज
शुक्रवार, पौष १९ २०८१
सहर्ष न्युज
शुक्रवार, पौष १९ २०८१
  • नेपालगञ्ज । अर्थ मन्त्रालयबाट करिब २ अर्ब ५० करोड बजेट सुनिश्चितता भएपछि राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना अन्तर्गतको डुडुवा शाखा नहरमा नयाँ टेण्डर आह्वान भएको छ । उक्त निर्माण अलपत्र परेको ६ वर्षपछि टेण्डर आव्हान गरिएको हो । 

    २ वटा प्याकेजमा ४० महिनामा निर्माण सम्पन्न गर्ने गरी नयाँ टेण्डर आह्वान सम्बन्धि सुचना प्रकाशित भएको हो । यो नहरबाट १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिंचाइ सुविधा पु¥याउने लक्ष्य छ ।

    ६ असार २०७३ सिक्टा सिंचाइ आयोजना र कोष्टल पप्पु जेभीबीच २०७३ असार १२ देखि काम सुरु गरी २०७५ पुस ४ सम्म पूरा गर्ने गरी ९८ करोड ८१ लाखमा ठेक्का सम्झौता भए पनि निर्माण अलपत्र परेको थियो । आयोजना र निर्माण व्यवसायी मुद्दा मामिलामा लागेपछि २८ चैत २०७४ देखि नहर निर्माणको काम ठप्प थियो ।

    सिक्टा सिंचाइ आयोजनाको मूल नहरबाट १८ क्युमेक्स ९एक हजार लिटर प्रतिसेकेन्ड० पानी डुडुवा नहरमा खसालेर २३ किलोमिटर लामो डडुवा शाखा नहर र उपशाखा नहर निर्माण गरी सिंचाइ सुविधा पु¥याउने लक्ष्य छ । यो नहर बनेपछि बाँकेको नेपालगञ्ज, जानकी, खजुरा र डडुवा गाउँपालिकाको करिब १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिंचाइ सुविधा विस्तार हुने आयोजनाका प्रमुख राजु आचार्य बताउँछन् ।

    सिक्टाको मूल नहरबाट डुडुवा शाखा नहरको मुहानसम्म नियमित रुपमा पानी सञ्चालन भइरहेका कारण अब डुडुवा नहर निर्माण पूरा भए सुख्खा र खडेरीको मारमा परेका किसानहरुलाई राहत मिल्ने विश्वास छ । सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता संघका अध्यक्ष शालिकराम डाँगीले सिंचाइ सुविधा उपलब्ध भएपछि किसानहरुले बाह्रैमास खेती किसानीबाटै राम्रो आम्दानी गर्नसक्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।

    बाँकेको खेतीयोग्य उर्बर जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले २०१६/०१७ सालमा डुडुवा नहर निर्माणको काम सुरु भएको थियो ।  भारत सरकारको सहयोगमा डुडुवा खोलामा निर्माण गरिएको बाँधको १९ फागुन २०२० मा राजा महेन्द्रले उद्घाटन गरेका थिए । बाँध निर्माण भएसँगै २०२६ सालसम्म डुडुवा नहर विस्तार गरिएको थियो । डुडुवा खोलामा हिउँदमा मुस्किलले करिब ४ क्युमेक्स मात्रै पानी बग्थ्यो । त्यही पानी ल्याएर हिउँदमा २ हजार हेक्टर र वर्षायाममा ५ हजार हेक्टरसम्म सिँचाइ सुविधा पु¥याइएको थियो ।

    पानीको स्रोत कम भएका कारण सिंचाइ सुविधा विस्तार हुन  नसकेको १३/१४ हजार हेक्टर जमिनमा राप्ती नदीबाट पानी ल्याएर सिंचाइ सुविधा पु¥याउन २०३०/३१ मा अध्ययन सुरु गरिएको थियो । अध्ययन र लगानीका लागि स्रोतको व्यवस्थापनका बिभिन्न चरण पूरा गरेर २०६२/०६३ मा सिक्टा नहर निर्माण सुरु भएको थियो ।

    सिक्टा नहरको निर्माण सुरु भएको करिब १६ वर्षपछि सिक्टाको मुल नहरबाट १८ क्युमेक्स ९हजार लिटर प्रति–सेकेन्ड०पानी डुडुवा नहरमा खसालेर १६ हजार हेक्टरमै सिंचाइ सुविधा बिस्तार गर्ने उद्देश्यले डुडुवा नहर निर्माणका लागि दोस्रो पटक पुस १ गते टेण्डर आह्वान भएको हो ।

    यसैबीच डुडुवा नहर निर्माण गर्दा पछिल्ला आठ/नौ वर्षमा बढेको मूल्य वृद्धिका कारण लागत बढ्ने निश्चित छ । आयोजनाका अनुसार, पहिलोपटक डडुवा नहरको लागत इष्टिमेट १ अर्ब ९१ करोड थियो । कोष्टल पप्पु जेभीले ३७ दशमलब ३९ प्रतिशत कम दरमा ठेक्का सम्झौता गरेको थियो ।

    आठ वर्षअघिको लागत इष्टिमेटलाई हालको जिल्ला दर रेटको आधारमा हिसाब गर्दा लागत इष्टिमेटको रकम वृद्धि भई करिब २ अर्ब ५० करोड पुगेको छ । जुन पहिलाको भन्दा ५९ करोड बढी हो । झन्डै एक दशकको अवधिमा नहर क्षेत्रको स्वरुप पनि फेरबदल भएको छ ।

    यतिवेला नहरको जग्गा अतिक्रमण गरेर पुल, कल्भर्ट, घर–टहरा र पर्खाल निर्माण गरिएको छ । नहरको दायाँ–बायाँको जग्गा नै अतिक्रमणमा परेको छ । ती संरचना भत्काउँदा स्वतः लागत बढ्ने आयोजना प्रमुख आचार्यले बताए ।

    त्यहाँका किसान, जनप्रतिनिधि र नागरिक समाजका अगुवाहरुसँग समन्वय र सहकार्य गरेर नहर निर्माणको कामलाई तीव्रता दिइने आयोजना प्रमुख आचार्यले बताए ।

    Sikta-online-Bids.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend