२०८३ भाद्र २८ गते आइतवार

images

अङ्ग्रेजी नयाँ वर्ष २०२५ विश्वभरि कहाँ कसरी मनाइयो र मनाइँदै छ ?

अङ्ग्रेजी नयाँ वर्ष २०२५ विश्वभरि कहाँ कसरी मनाइयो र मनाइँदै छ ?

सहर्ष न्युज
बुधवार, पौष १७ २०८१
सहर्ष न्युज
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । विश्वभरि मानिसहरूले सन् २०२४ लाई बिदाइ गर्दै विभिन्न तरिकाले सन् २०२५ लाई स्वागत गर्दैछन्। हामीले यहाँ विभिन्न देशका मानिसहरूले नयाँ वर्ष कसरी स्वागत गरे भन्ने केही तस्बिरहरू प्रस्तुत गरेका छौँ।

    स्पेनमा नयाँ वर्षको स्वागत गरिँदै

    तस्बिर स्रोत,Reuters

    तस्बिरको क्याप्शन,स्पेनमा नयाँ वर्षको स्वागत गरिँदै
    न्यूजिल्यान्डको अकल्यान्डस्थित स्काई टावर
    तस्बिरको क्याप्शन,न्यूजिल्यान्डमा घडीमा मध्यरात भएको देखिनेबित्तिकै अकल्यान्डको प्रतिष्ठित स्काई टावरमा आफ्नो परम्परागत आतसबाजी गर्दै नयाँ वर्षको स्वागत गरियो।
    इन्डोनेसियाको बालीमा नर्तकीहरू

    तस्बिर स्रोत,SONNY TUMBELAKA/AFP

    तस्बिरको क्याप्शन,इन्डोनेसियाको बालीमा नयाँ वर्षको पूर्वसन्ध्यामा मनाइँदै सन् २०२४ को अस्ताउँदो र सन् २०२५ को उदाउँदो सूर्यलाई स्वागत गर्दै नर्तकीहरू
    अस्ट्रेलियामा नयाँ वर्ष

    तस्बिर स्रोत,Bianca De Marchi/AAP Image via REUTERS

    तस्बिरको क्याप्शन,सन् २०२४ को अन्तिम रात अर्थात् ३१ डिसेम्बर बेलुका ९ बजे अस्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउस र सिड्नी हार्बर ब्रिजमा आतशबाजीपछिको दृश्य
    मध्यरातमा अस्ट्रेलिया

    तस्बिर स्रोत,SAEED KHAN/AFP

    तस्बिरको क्याप्शन,मध्यरातपछि नयाँ वर्षको स्वागतका लागि गरिएको आतसबाजीपछि अस्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउस र सिड्नी हार्बर ब्रिज
    अस्ट्रेलियाको मेलबर्नमा नयाँ वर्षको स्वागतमा गरिएको कार्यक्रम र झिलिमिली पारिएको सहर

    तस्बिर स्रोत,Asanka Ratnayake/Getty Images

    तस्बिरको क्याप्शन,अस्ट्रेलियाको मेलबर्नमा नयाँ वर्षको स्वागतमा गरिएको कार्यक्रम र झिलिमिली पारिएको सहर
    नयाँ वर्षको पूर्वसन्ध्यामा देशवासीलाई नयाँ वर्षबारे सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङ

    तस्बिर स्रोत,ADEK BERRY/AFP

    तस्बिरको क्याप्शन,नयाँ वर्षको पूर्वसन्ध्यामा देशवासीलाई नयाँ वर्षबारे सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङ
    
चीनको जिलिन सहरमा २०२५ को स्वागत

    तस्बिर स्रोत,VCG via Getty Images

    तस्बिरको क्याप्शन,चीनको जिलिन सहरमा २०२५ को स्वागतमा आतशबाजीका साथ यसरी गरियो। त्यहाँ सोङहुआ नदीमाथि आकाशमा आतशबाजीको रमाइलो दृश्य देखिएको छ।
    नयाँ वर्षको उत्सव मनाउन चीनको चोङकिङस्थित जिफाङबेई स्मारक वरिपरि भेला भएका चिनियाँहरू

    तस्बिर स्रोत,Cheng Xin/Getty Images

    तस्बिरको क्याप्शन,नयाँ वर्षको उत्सव मनाउन चीनको चोङकिङस्थित जिफाङबेई स्मारक वरिपरि भेला भएका चिनियाँहरू
    शानडोङ प्रान्तको बिन्झाउमा क्यालिग्राफीप्रति उत्साही व्यक्तिहरूले चिनियाँमा 'फू' लेख्दै। त्यसको अर्थ तपाईँको भाग्य चम्कियोस् भन्ने हुन्छ।

    तस्बिर स्रोत,Bao Kangxuan/VCG via Getty Images

    तस्बिरको क्याप्शन,शानडोङ प्रान्तको बिन्झाउमा क्यालिग्राफीप्रति उत्साही व्यक्तिहरूले चिनियाँमा 'फू' लेख्दै। त्यसको अर्थ तपाईँको भाग्य चम्कियोस् भन्ने हुन्छ।
    थाइल्यान्डको ब्याङ्ककस्थित एउटा सिटी पिलर स्मारकमा नयाँ वर्ष मनाउन आयोजित समारोहमा थाई बौद्ध भक्तले बुद्धको मूर्तिअगाडि प्रार्थना गर्दै

    तस्बिर स्रोत,RUNGROJ YONGRIT/EPA

    तस्बिरको क्याप्शन,थाइल्यान्डको ब्याङ्ककस्थित एउटा सिटी पिलर स्मारकमा नयाँ वर्ष मनाउन आयोजित समारोहमा थाई बौद्ध भक्तले बुद्धको मूर्तिअगाडि प्रार्थना गर्दै
    ताइवानको ताइपेई १०१ टावरमा आतसबाजी प्रदर्शनअघि भेला भएका भीडको फोटो खिच्दै एक व्यक्ति

    तस्बिर स्रोत,RITCHIE B TONGO/EPA

    तस्बिरको क्याप्शन,ताइवानको ताइपेई १०१ टावरमा आतसबाजी प्रदर्शनअघि भेला भएका भीडको फोटो खिच्दै एक व्यक्ति
    ताइवानमा गरिएको आतसबाजी

    तस्बिर स्रोत,Gene Wang/Getty Images

    तस्बिरको क्याप्शन,ताइवानमा गरिएको आतसबाजी
    जापानको टोक्यो

    तस्बिर स्रोत,Rodrigo Reyes Marin/ZUMA Press Wire/REX/Shutterstock

    तस्बिरको क्याप्शन,जापानको टोक्योस्थित 'टोक्यो महानगर भवन'बो बाहिरपट्टि नयाँ वर्ष नजिकिँदै गरेको 'काउन्टडाउन' गरिएको देखिन्छ। जापानमा नयाँ वर्षलाई प्रमुख पर्व र एउटा मुख्य बिदाको समयका रूपमा लिइन्छ।
    मध्यरातपछि कोरियालीहरूले राजधानी सोलस्थित बोसिङ्गाक पभिलियनमा घण्टी बजाए। हालैको हवाई दुर्घटनाका कारण राष्ट्रिय शोकमा रहेको कोरियाले कुनै तडकभडकविना नयाँ वर्ष मनायो।

    तस्बिर स्रोत,Jung Yeon-je/AFP

    तस्बिरको क्याप्शन,मध्यरातपछि कोरियालीहरूले राजधानी सोलस्थित बोसिङ्गाक पभिलिअनमा घण्टी बजाए। हालैको हवाई दुर्घटनाका कारण राष्ट्रिय शोकमा रहेको कोरियाले कुनै तडकभडकविना नयाँ वर्ष मनायो।
    फिलिपिन्सको मनिलामा यसरी नयाँ वर्षको स्वागत गरियो

    तस्बिर स्रोत,Eloisa Lopez/REUTERS

    तस्बिरको क्याप्शन,फिलिपिन्सको मनिलामा यसरी नयाँ वर्षको स्वागत गरियो
    नयाँ वर्षको स्वागतमा गरिएको आतसबाजीका बेला सिङ्गापुरको मरिना बे मा लिइएको तस्बिर

    तस्बिर स्रोत,Suhaimi Abdullah/Getty Images

    तस्बिरको क्याप्शन,नयाँ वर्षको स्वागतमा गरिएको आतसबाजीका बेला सिङ्गापुरको मरिना बे मा लिइएको तस्बिर
    नयाँ वर्षको स्वागतका बेला थाइल्यान्डको ब्याङ्ककस्थित ग्रान्ड प्यालेस

    तस्बिर स्रोत,Athit Perawongmetha/REUTERS

    तस्बिरको क्याप्शन,नयाँ वर्षको स्वागतका बेला थाइल्यान्डको ब्याङ्ककस्थित ग्रान्ड प्यालेस
    नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाण्डूको ठमेलमा नयाँ वर्षको स्वागतका लागि भेला भएका मानिसहरू

    तस्बिर स्रोत,RSS

    तस्बिरको क्याप्शन,नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाण्डूको ठमेलमा नयाँ वर्षको स्वागतका लागि भेला भएका मानिसहरू
    अङ्ग्रेजी नयाँ वर्षका दिन नेपालमा सूर्य

    तस्बिर स्रोत,RSS

    तस्बिरको क्याप्शन,नयाँ वर्ष २०२५ को पहिलो दिन बुधवार बिहान मध्यपुर थिमि शङ्खधर चोकबाट देखिएको सूर्योदयको दृश्य
    लामो द्वन्द्वपछि पहिलो पटक सिरियालीहरूले उमङ्गका साथ नयाँ वर्षको स्वागत गरेका छन्

    तस्बिर स्रोत,Reuters

    तस्बिरको क्याप्शन,लामो द्वन्द्वपछि पहिलो पटक सिरियालीहरूले उमङ्गका साथ नयाँ वर्षको स्वागत गरेका छन्। तस्बिरमा नयाँ वर्षलाई स्वागत गरिरहेको दमास्कस देखिन्छ
    रुसी राष्ट्रपति भवन अगाडि नयाँ वर्ष मनाउँदै रुसी नागरिकहरू

    तस्बिर स्रोत,EPA

    तस्बिरको क्याप्शन,रुसी राष्ट्रपति भवन अगाडि नयाँ वर्ष मनाउँदै रुसी नागरिकहरू
    लन्डनमा नयाँ वर्षको स्वागतमा गरिएको आतसबाजी

    तस्बिर स्रोत,PA Media

    तस्बिरको क्याप्शन,यूकेको लन्डनमा नयाँ वर्षको स्वागतमा गरिएको आतसबाजी
    सिरियालीहरू नयाँ वर्ष मनाउँदै

    तस्बिर स्रोत,Reuters

    तस्बिरको क्याप्शन,सिरियालीहरू नयाँ वर्ष मनाउँदै
    नयाँ वर्षमा बुर्ज खलिफा

    तस्बिर स्रोत,Reuters

    तस्बिरको क्याप्शन,नयाँ वर्षमा दुबइको बुर्ज खलिफा
    भारतको मुम्बइबाट सन् २०२४ को अन्तिम सूर्यास्तलाई बिदाइ गरिँदै

    तस्बिर स्रोत,EPA

    तस्बिरको क्याप्शन,भारतको मुम्बइबाट सन् २०२४ को अन्तिम सूर्यास्तलाई बिदाइ गरिँदै

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend