२०८३ श्रावण ११ गते सोमवार

images

काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको निधनमा महानगरपालिकामा आज विदा

काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको निधनमा महानगरपालिकामा आज विदा

सहर्ष न्युज
सोमवार, पौष १ २०८१
सहर्ष न्युज
सोमवार, पौष १ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकामा आज (पुस १ गते) शोक बिदा दिएको छ । 

    महानगरका पूर्वप्रमुख पिएल सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ । 

    सिंहले वि.सं. २०५२ मङ्सिर २९ गते महानगरपालिका घोषणा गर्नु भएको र महानगरलाई योगदान पुर्‍याएको भन्दै उहाँको सम्मानका लागि आज बिदा दिने गरी महानगरपालिका र मातहतका कार्यालयहरूमा जानकारी दिएको छ । 

    सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे निधन भएको थियो । उनको निधन ठमेलको चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend