२०८३ कार्तिक १४ गते शुक्रवार

images
  • बैंक वित्त
  • बीमितको हकहित संरक्षण गर्न बीमा प्राधिकरणका...

बीमितको हकहित संरक्षण गर्न बीमा प्राधिकरणका अध्यक्ष दाहाल निर्देशन

बीमितको हकहित संरक्षण गर्न बीमा प्राधिकरणका अध्यक्ष दाहाल निर्देशन

सहर्ष न्युज
शनिवार, मंसिर २९ २०८१
सहर्ष न्युज
शनिवार, मंसिर २९ २०८१
  • काठमाडौं । बीमा प्राधिकरणको जिम्मेवारी पाएका अर्थमन्त्रालयका सह सचिव मदन दाहालले अध्यक्षको कार्यभार सम्हालेका छन् । नेपाल सरकारले अर्को व्यवस्था नभएसम्मका लागि दाहाले बीमा प्राधिकरणको  कार्यकारी  भूमिका निर्भाह गर्ने छन् । उनलाई आज  अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

    कार्यभार सम्हाल्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष दाहालले आफ्नो पहिलो प्राथमिकता चाँडै नै प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि पहल गर्ने र दोस्रो प्राथमिकता प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति रहेको जानकारी दिए ।

    उनले प्राधिकरणमा परिवर्तन आएको देखिने गरी दत्तचित्त भएर काम गर्न र आ–आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै आफूले सकेसम्म दीर्घकालीन प्रभाव पर्ने कुनै काम नगर्ने स्पष्ट गरे ।

    अध्यक्ष दाहालले भने, ‘बीमितहरू मर्कामा परेका मुद्दाहरूको फछ्र्यौटलाई प्राथमिकता दिनुपर्छ, बीमितको हकहितको संरक्षण गर्ने र बीमा गर्दा राम्रो हुन्छ भन्ने विश्वास नागरिकमा जगाउने गरी काम गर्नुपर्छ, बीमकहरूको समस्या समाधान र बीमा क्षेत्रको विकास एवम् विस्तारमा ध्यान दिनुपर्छ ।’

    अध्यक्ष दाहालले भने, बीमकहरूको समस्या समाधान र बीमा क्षेत्रको विकास एवम् विस्तारमा ध्यान दिनुपर्ने बताए ।

    उनले बीमा कम्पनीको  काम प्रति असन्तुष्टि व्यक्त गर्दै बीमा प्राधिकरणलाई बीमाको  नियामकजस्तो बनाउन निर्देशन दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend