२०८३ भाद्र २८ गते आइतवार

images

धनगढीका मेयर गोपाल हमाललाई मस्तिष्कको नसामा समस्या, थप उपचारका लागि दिल्ली रेफर

धनगढीका मेयर गोपाल हमाललाई मस्तिष्कको नसामा समस्या, थप उपचारका लागि दिल्ली रेफर

सहर्ष न्युज
शनिवार, मंसिर २२ २०८१
सहर्ष न्युज
शनिवार, मंसिर २२ २०८१
  • धनगढी । धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालको मस्तिष्कको नसामा समस्या देखिएको छ । मेयर हमाललाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ । 

    शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका थिए । 

    हमालको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको हो ।

    चिकित्सककाअनुसार उनको मष्तिकको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने छैन् ।

    मेयर हमाललाई शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभको कामना गरेका छन् ।

    उनलाई भेट्न प्रदेश सभा सदस्य धर्मराज पाठक र एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगानालगायतका नेताहरू पनि मन्त्रीसँगै अस्पताल पुगेका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend