२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • कैलालीमा कपडा गोदाममा आगलागी हुँदा तीन...

कैलालीमा कपडा गोदाममा आगलागी हुँदा तीन घाइते, ८० लाख बराबरको क्षति

कैलालीमा कपडा गोदाममा आगलागी हुँदा तीन घाइते, ८० लाख बराबरको क्षति

सहर्ष न्युज
बुधवार, मंसिर १९ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर १९ २०८१
  • धनगढी । कैलालीमा कपडा गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन् भने ८० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

    बर्दगोरिया गाउँपालिका–२ स्थित द्वारिकाप्रसाद धमलाको चारतले पक्की घरको बिच तलामा रहेको कपडा गोदाममा आगलागी भएको हो । मङ्गलबार राति भएको आगलागीबाट ८० लाख रुपियाँ बराबरको नोक्सान भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    घरमा आगलागी भएपछि निस्सारिएर घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला अचेत हुनुभएको छ । बौनियास्थित खापर पोलिक्लिनिकमा उहाँको उपचार भइरहेको छ ।

    यसैगरी, आगो निभाउने क्रममा स्थानीय ३९ वर्षीय टेकराज जोशी र प्रहरी जवान टङ्कध्वज मगर घाइते भएको जनाइएको छ । घाइते जोशी र मगरको बौनियास्थित बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।

    दमकलको सहयोगमा प्रहरी र स्थानीयले मिलेर आगो नियन्त्रणमा लिएका थिए । आगलागी घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend