२०८३ श्रावण १२ गते मंगलवार

images

बढाइएको सिमेन्टको मूल्य खारेज नगरे ‘कन्स्ट्रक्सन होलिडे’ आव्हान गर्ने

बढाइएको सिमेन्टको मूल्य खारेज नगरे ‘कन्स्ट्रक्सन होलिडे’ आव्हान गर्ने

सहर्ष न्युज
बिहिवार, मंसिर १३ २०८१
सहर्ष न्युज
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट व्यवसायीले कार्टेलिङ गरेको आरोप लगाएको छ । महासंघले सिमेन्टलगायत निर्माण सामाग्रीसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थको मूल्य बृद्धि नहुँदा पनि कार्टेलिङ गरी मूल्य बृद्धि गरेको आरोप लगाएको छ । 

    स्वतःस्फूर्त रूपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुला बजार अर्थतन्त्रको सिद्धान्त विपरीत कार्टेलिङ गरी हालै बजारमा सिमेन्टको भाउ बढाइएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

    अव्यवहारिक एवं अवैज्ञानिक ढंगले सिमेण्ट उद्योगीहरूले कार्टेलिङ गरी प्रति बोरा १ सय मूल्यवृद्धि गरिनु कानुन विपरीतको कार्य भएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । 

    निर्माण कार्य हुने अहिलेकै सिजनमा सिमित सिमेन्ट उद्योगहरुले मूल्यबृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेको भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको महासचिव दाहालको भनाई छ । 

    ‘विगतमा पनि कार्टेलिङ गरी पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै ठुलो आर्थिक बोझ थपिएको विदितै छ’, महासंघले विज्ञप्तिमा भनेको छ– ‘निर्माण व्यवसायीहरुको अर्बौ भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेन्ट लगायतका निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन महासंघले पुनः नेपाल सरकारका सम्बन्धित निकाय समक्ष माग गरेको छ ।’ 

    मूल्यबृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पारी कन्स्ट्रक्सन होलिडे आव्हान गर्न वाध्य हुने पनि महासंघले चेतावनी दिएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend