काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत् बिजुली प्रयोग गरेर बक्यौता नबुझाउने उद्योगहरूको लाइन नकाट्ने निर्णय गरेको छ । बुधबार बसेको विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) को बैठकले लाइन नकाटी बक्यौता असुली गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड विद्युत मशसुल सम्बन्धमा मन्त्रिपरिषदको कात्तिक २५ गतेको निर्णय अनुसार मंसिर १२ गतेभित्र सबै उद्योगीलाई वक्यौता तिर्न समय दिएको थियो । गत कार्तिक २८ गते कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै ‘सरकारको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले विद्युत काटेका उद्योगहरुमा पुन: बिद्युत लाइन जोडिदिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने बिजुलीको बक्यौता महसुल तिर्न उद्योगीलाई १५ दिनको समय दिइने छ । यो समय कटेमा त्यो भन्दा धेरै दिन लाइन काट्न र जोड्न नसकिने बताएका थिए ।
सरकारले १५ दिन भित्र बक्यौताको महशुल बुझाउन समय दिन भनेको छ । त्यो समय दिन्छौं, त्यसपछि लाइन काट्ने र जोड्ने काम गर्दैनौं’ उनले भनेका थिए । विद्युत् नियमन आयोगमार्फत उद्योगमा लाइन नकाट्न प्राधिकरणलाई पत्र पठाउँदा प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत् बिजुली प्रयोग गरेर बक्यौता नबुझाउने उद्योगहरूको लाइन नकाट्ने निर्णय गरेको हो । बुधबार बसेको विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) को बैठकले लाइन नकाटी बक्यौता असुली गर्ने निर्णय गरेको हो ।
आज उक्त १५ दिनको समायवधि सकिएसँगै प्राधिकरणले पुन: लाइन काट्ने तयारी गरेको थियो । तर मंगलबार सरकारले विद्युत् नियमन आयोगमार्फत उद्योगमा लाइन नकाट्न प्राधिकरणलाई पत्र पठाउँदै लाइन काट्न अवरोध गरेको हो ।
आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो ।
