२०८३ श्रावण ११ गते सोमवार

images

स्वास्थ्य बिमा बोर्डले एक हजार २९० प्रकारका औषधीको नयाँ दररेटको तोक्दै

स्वास्थ्य बिमा बोर्डले एक हजार २९० प्रकारका औषधीको नयाँ दररेटको तोक्दै

सहर्ष न्युज
शुक्रवार, आषाढ २८ २०८१
सहर्ष न्युज
शुक्रवार, आषाढ २८ २०८१
  •  

    सहर्ष न्युज, काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सुविधा थैलीबाट बिरामीले पाउने सेवामा नयाँ दररेट लागु गर्ने भएको छ । बोर्डले एक हजार २९० प्रकारका औषधीको शुल्क तोक्दै नयाँ दररेट लागु गर्ने भएको हो । सुविधा थैलीमा भएको नयाँ दररेट साउन १ गतेदेखि लागु हुने छ । 

    स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सुविधा थैली अन्तर्गतका सेवासुविधाको परिमार्जित विवरण तथा दररेट सार्वजनिक गरेको जानकारी दिनुभयो । उहाँले लामो समयदेखि एउटै दररेटमा उपलब्ध सेवालाई समयानुकूल परिमार्जन गरिएको जानकारी दिनुभयो । उहाँले यस पटक परिमार्जित दररेट तथा सुविधालाई प्याकेजबाट टुक्रयाइएको भन्दै यसबाट बिमित र सेवाप्रदायकलाई समेत सहज हुने बताउनुभयो । 

    बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लका अनुसार नयाँ दररेट अनुसार ओपिडी टिकट ५० रुपियाँ तोकिएको छ । जनरल बेड चार्ज प्रतिदिन २५० राखिएको छ । सबैभन्दा बढी केही रोगको शल्यव्रिmयामा ७० हजार रुपियाँसम्म शुल्क तोकिएको छ । स्वास्थ्य बिमामा एक हजार २९० प्रकारका औषधीको शुल्क तोकिएको छ । मल्लले यस पटक कतिपय सेवा तोकिएको अवधिमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था गरिएको जानकारी दिनुभयो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend