काठमाडौँ महानगरले बिहीबार विद्यालयको नाम र छात्रवृत्ति उपलब्ध गराउनु पर्ने विद्यार्थी सङ्ख्या सहितको सूचना प्रकाशन गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५०, काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था लागु गर्न महानगरले पहल सुरु गरेको छ ।
यो व्यवस्था कार्यान्वयन गराउन पटक पटक अनुरोध गरेपछि जेठ २३ गते सम्ममा देहायका ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएका सूचनामा उल्लेख गरेको छ ।
यसै साथ अन्य छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरूले तीन दिन भित्र कार्यालयमा विवरण उपलब्ध गराउन सूचित गरेको छ । विवरण उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने र कुनै जोखिम या असर परे त्यसको जबाफदेहिता विद्यालय स्वयंले व्यहोर्नु पर्ने महानगरले जनाएको छ ।


