काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भक्तपुर क्षेत्रमा भारीदेखि अति भारी वर्षा दर्ता भएको छ। गत २४ घण्टामा भक्तपुरको चाँगुनारायण मौसम स्टेशनमा १११ मिलिमिटर पानी परेको रेकर्ड छ, जुन अति भारी वर्षाको सीमामा पर्छ।
मनोहरा खोलाको बहाव अकस्मात बढेपछि सम्भावित जोखिमबाट जोगिन प्रहरीले रातभरि माइकमार्फत स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्दै गस्ती चलायो। तर यही क्रममा केही स्थानीयहरू भने बाढीको दृश्य हेर्नकै लागि खोला किनारमा भेला भएको पाइयो, जसका कारण प्रहरीलाई त्यो क्षेत्र खाली गराउन थप समय खर्च गर्नुपर्यो।
भारी वर्षाका कारण नजिकैका टाउन प्लानिङ क्षेत्र, फुटबल मैदान, पेप्सीकोला र सनसिटी लगायतका ठाउँहरू डुबानमा पर्ने गरेका छन्।स्थानीयवासीका अनुसार लगातारको वर्षाले गर्दा उनीहरू रातभर चिन्तित रहन्छन , र अब ग्यास, चिनी र नुनको अभाव संग संगै डुबानको समस्या पानी झेल्नु परेको उनीहरु भनाई रहेको छ। अहिले स्थानीयहरूमा थप वर्षा हुने हो कि भन्ने त्रास व्याप्त छ।
