२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • विधान संशोधनका लागि रास्वपाले बनायो १५...

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको छ ।

    कार्यदलका सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम,  राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ छन् ।

    कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले  जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend