२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • 'फुलको आँखामा फुलै संसार' का लेखक...

'फुलको आँखामा फुलै संसार' का लेखक जनकवि दुर्गालाल श्रेष्ठको निधन

'फुलको आँखामा फुलै संसार' का लेखक जनकवि दुर्गालाल श्रेष्ठको निधन

सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ । उनी ९३ वर्षका थिए र पछिल्लो समयदेखि विरामी थिए ।

    पछिल्लो छ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा कविता र गीतका साथै अन्य विधामा पनि कलम चलाएका थिए । उनको योगदानलाई मध्यनजर गर्दै नेपाल भाषा परिषदले दुई दशकअघि नै उनलाई जनकविको उपाधिबाट सम्मानित गरेको थियो ।

    गायिका आनी छोइङ डोल्माको चर्चित गीत "फुलको आँखामा फुलै संसार" श्रेष्ठले लेखेका थिए ।

    उनको पार्थिव शरीर बिहान ६ बजे उनका निजि स्थान ( बूढानीलकण्ठ ) बाट पशुपति आर्यघाट लगिने भएको छ । जनकवि श्रेष्ठलाई राष्ट्रिय राजकीय सम्मानसाथ अन्तिम विदाई गरिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend